नेपालको संवि‌धानले परिकल्पना गरे अनुसारको संघीय संरचनाको कार्यान्वयनको सन्दर्भमा संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धि भएको व्यवस्था बमोजिम मिति २०७४/११/०३ मा विभिन्‍न ७ वटा मन्त्रालय सहित प्रदेश मन्त्रिपरिषद्को गठन भएकोमा मिति २०७८/१०/२३ मा साविकको भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन भई  हाल सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, प्रदेश नं.१, विराटनगर र सो अन्तर्गत यातायत पूर्वाधार निर्देशनालय, ईटहरी तथा मातहत पूर्वाधार विकास कार्यालय, पाँचथर रहेको छ।

यस कार्यालय अन्तर्गत सडकपुल, झोलुङ्गे पुल लगायतका आधारभुत भौतिक पूर्वाधारहरुको निर्माण तथा विकास जस्ता कार्यहरु पर्दछन्।यस कार्यालयको कार्यक्षेत्र भित्र पाँचथर र ताप्लेजुङ्ग गरी दुईवटा जिल्लाहरु रहेका छन् । हालको सांगठनिक संरचना अनुसार कार्यालयको कुल दरबन्दी १८ रहेको छ ।