सडक पूर्वाधार सम्बन्धी :- समृद्धिको आधार सबै पालिकामा यातायात पूर्वाधार ।
कार्यालयका कार्य क्षेत्रहरु :- पाँचथर, ताप्लेजुङ्ग
कार्य जिम्मेवारी:
- सडकहरुको निर्माण, स्तरोन्नति र मर्मतका कार्यहरु गर्ने र सो सडकमा पर्ने पुलहरुको निर्माण सम्बन्धि कार्य ।
- झोलुङ्गे पुलहरुको निर्माण एवं मर्मत संभार सम्बन्धि कार्य ।
- पूर्वाधार आयोजनाहरुको विस्तृत इन्जिनियरिङ्ग सर्वेक्षण तथा विस्तृत आयोजना प्रतिवेदन तयारी सम्बन्धि कार्य।
- पूर्वाधार आयोजनाहरुको अनुगमन सम्वन्धि कार्य ।
उदेश्य:
- पाँचथर र ताप्लेजुङ्ग जिल्ला भित्रका (प्रदेश नं.१ अन्तर्गत) सडकहरुलाई बाह्रै महिना चल्ने गरी संचालन गर्नु।
- सडक, पुल तथा झोलुङ्गे पुलहरुको निर्माण, मर्मत र स्तरोन्नती गरी यात्रा गर्न सहज र भाडा कम लाग्ने बनाउने ।